
बाँके । बाँकेमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान हुन सकेको छैन । सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटमा घाइते भएकालाई उपचारका लागि उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो । उनीहरुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको पनि त्यही अस्पतालमै उपचार भइरहेको छ ।
अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई गएराति स्कारपियो गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।





