
गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका वडा नं. ५ कटरबारीका ३७ बर्षीय नवराज घिमिरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार घिमिरेले स्थानीय १३ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेका थिए ।
आफ्नी छोरीमाथि घिमिरेले यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । घिमिरेमाथि बालिकाको संवेदनशील अंग समातेर यौन दुर्व्यवहार गरेको आरोप छ ।
घिमिरेविरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद लिए अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।





