बालिका बलात्कार मुद्धामा ८६ वर्षका वृद्धलाई जन्मकैद

दैलेख । जिल्ला अदालत दैलेखले बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई जन्मकैदको सजाय सुनाएको छ ।

सोमबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका-८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैद सजाय सुनाएको हो ।

बालिका बलात्कार कसुरमा रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति दिने फैसला इजलासले गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

यस्तै, पीडकबाट भराई दुइ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला पनि गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) मा १० वर्षभन्दा कम उमेरकी बालिकालाई जबर्जस्ती करणी गरेमा जन्मकैद हुने व्यवस्था छ ।
पीडक प्रजापतिले २०७९ चैतमा नौ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । २०७९ चैत २३ बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टमा बलात्कार भएको पुष्टि भएको थियो ।
रेग्मीविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button