रवि लामिछानेलाई खोया प्रहार गर्ने युवक रिहा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवक रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लमजुङका सन्तोष रानाभाटलाई मंगलबार साधारण तारेखमा रिहा गरेको हो ।

गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए ।

त्यसपछि पक्राउ परेका रानाभाटलाई लामिछानेले नथुन्न र कारबाही नगर्न भनेपनि प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि भन्दै म्याद थपेको थियो ।

उनलाई १० दिन म्याद थप भएको थियो । कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

‘उहाँ तारेखमा छुट्नुभएको छ,’ उनले भने, ‘प्रहरीले गर्नुपर्ने अनुसन्धान गरेको छ ।’

उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button