
पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँ आउने भएका छन् ।
तनहुँको भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रममा सहभागी उनी तनहुँ आउन लागेका हुन् ।
त्यसपछि उनी बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।
सो किल्ला नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको मेयर खेलराज पाण्डेयले जानकारी दिए ।
राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा पुग्ने र त्यहाँको अवलोकन पश्चात् कार्यक्रममा हुनेछन् ।





