सुनको मूल्य निरन्तर ओरालो, आज पनि घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बुधबार सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि मंगलबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button