
भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे फनभ्याली नजिक मोटरसाइकलले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
बुधबार बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको एक महिला रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीको टोली पुग्दा युवतीको मृत्यु भएको अवस्थामा फेला पारेको थियो ।
प्रदेश२-०३-०१९ प १०५८ नं.को बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने वर्ष २२ कि ममता सुबेदीको मृत्यु भएको पाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





