‘पोखरा-मुग्लिन सडकखण्डको कामले तीव्रता पायो’

पोखरा । भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले पोखरा-मुग्लिन र नारायणगढ–बुटवल सडकखण्डको कामले तीब्रता पाएको बताएका छन ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले दुवै राजमार्गहरुको एक साइट ‘टू लेन’ को काम छिटो भन्दा छिटो सक्ने गरी अघि बढाइएको जानकारी दिए ।

सरकारले सडकको मर्मत सम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले पछिल्लो समय दुवै सडकखण्डमा प्रगति उल्लेख्य रहेको बताए ।

मन्त्री ज्वालाले सरकारलै सो क्षेत्रमा समस्या समाधान पहिचान गरिसकेकाले अबको काम तीब्ररुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

मन्त्रायलको टिमले केही दिन मै राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने र सो क्रममा सर्वपक्षीय भेला राखेर समस्याको समाधान गर्ने उनले स्पष्ट पारे ।

मन्त्री ज्वालाले अहिलेको मुख्य समस्या स्थानीय निर्माण सामाग्री रहेको भन्दै समस्या समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरिरहेको बताए ।

उनले अहिले विद्युतका पोल र तारका केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने विश्वास व्यक्त गरे ।

मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको स्पष्ट पारे ।

उनले अब काम गरे/नगरेको बारेमा अवलोकन एवं निरीक्षण गर्ने र काम नभएको देखिए ठेक्का तोड्नेसमेत चेतावनी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button