पोखरा । राष्ट्र गौरव अभियानले पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक जुनसुकै हालतमा राखेर छोड्ने घोषणा गरेको छ ।
शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अभियानका संयोजक सिरोज विजय कोइरालाले लखन थापाको शालिक अन्य ठाउँमा स्थानान्तरण गरेर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्ने घोषणा गरे ।
उनले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मूर्ति राख्ने दाबी गरे । ‘पृथ्वीचोकमा पृथ्वीनारायणको कम्तीमा २५ फिटदेखि ४०/५० फिटको शालिक राख्ने घोषणा गर्दछौँ’, उनले भने, ‘पोखराका मेयर साबलाई हामी सम्झाउने छौं । यत्रो देश दिनेलाई के दिनुपर्छ ? हामी उहाँलाई बुझाउने छौं । यहाँभन्दा ठूलो शालिक कहीँ हुने छैन ।’
कुनैबेला पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक संरक्षण गर्न नसक्ने जिल्ला प्रशासन कार्यालयको नेतृत्व आफूहरूले पोखरामा गरेको कार्यक्रम देखेर झस्किएको र थ्रेट महसुस गरेको कोइरालाले सुनाए ।
अभियानका प्रवक्ता अरूण गिरीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राखेर उनको योगदानको सम्मान गरिनुपर्ने बताए ।
लखन थापाको शालिक पोखरा महानगरपालिकाले स्थानान्तरण नगरे आफूहरूले नै गर्ने उनको भनाइ थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution