माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपमा एकै दिन ६ खेल

पोखरा । दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको दोस्रो दिन अर्थात शुक्रबार एकै दिनमा ६ खेल सम्पन्न भएको छ ।

शुक्रबार भएको खेलमा गल्कोट नपाले शुक्लागण्डकी नगरपालिका तनहुँलाई, चापाकोट नगरपालिका स्याङ्जाले ताराखोला गाउँपालिका बाग्लुङलाई, बोदीकाली गाउँपालिका नवलपुरले माछापुच्छ्रे गाउँपालिका कास्कीलाई हराएको हो ।

यसैगरि चापाकोट नगरपालिका स्याङ्जाले निसीखोला गाउँपालिका बाग्लुङलाई, कालीगण्डकी गाउँपालिका स्याङ्जाले भिमाद ननगरपालिका तनहुँलाई र अन्नपूर्ण गाउँपालिका कास्कीले रुपा गाउँपालिका कास्कीलाई पराजित गरेको हो ।

शुक्रबार गल्कोट नगरपालिका र कालीगण्डकी विच हुने भनिएको खेल समय अभावका कारण आज बिहान ९ बजेका लागि सारिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button