
पोखरा । आज सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो ।
यस्तै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम छ ।
सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य समेत बढेको छ । तोलामा २० रुपैयाँले बढेसँगै आज चाँदीको कारोबार मूल्य तोलामा १ हजार ४ सय २० रुपैयाँ कायम भएको छ ।
गत साताको शुक्रबार यसको कारोबार मूल्य १ हजार ४ सय रुपैयाँ कायम थियो ।





