पत्रकारद्वय पौडल र शाहीको सम्झनामा दीप प्रज्ज्वलन

पोखरा । पत्रकार त्रिभुवन पौडेल र अनिल शाहीको स्मृतिमा आज पोखरामा दीप प्रज्ज्वलन हुने भएको छ ।

पत्रकारद्वयको सम्झनामा आज साँझ ५ः३० बजे पोखराको सहिद पार्कमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस सेन्टर पोखरा महानगर समितिका अध्यक्ष शिवराज वस्ताकोटीले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रेस सेन्टर पोखरा महानगर समिति र जिल्ला समन्वय समितिले संयुक्तरुपमा आयोजना गरेको हो ।

पत्रकारद्वय पौडेल र शाहीको २०७९ माघ १ गते पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भएको थियो ।

सो विमान दुर्घटनामा पौडेल र शाहीसहित ७२ जनाले ज्यान गुमाएका थिए ।

नेपाल पत्रकार महासंघ गण्डकी, नेपाल पत्रकार महासंघ कास्की र प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले संयुक्तरुपमा आज स्मृति सभा आयोजना गरेर पत्रकारद्वयको सम्झनामा गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button