पौडेल वंश महासंघको अध्यक्षमा कास्कीका हरिराम पौडेल निर्वाचित

गण्डकी उपाध्यक्षमा कास्कीका शारदा पौडेल निर्वाचित

पोखरा । पौडेल वंश महासंघको अध्यक्षमा कास्कीका हरिराम पौडेल निर्वाचित भएका छन् । महासंघको बाँकेको कोहलपुरमा हालै सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले कास्कीका हरिरामलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरी निवासी पौडेल यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष भएर काम गरेका थिए । उनी दूग्ध विकास संस्थानबाट निवृत्त भएका हुन् ।

महाधिवेशले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल (चितवन), महिला उपाध्यक्षमा जमुना पौडेल (सर्लाही) र उपाध्यक्षमा विजय पौडेल (मोरङ) लाई निर्वाचित गरेको छ ।

यसैगरी गण्डकी प्रदेश उपाध्यक्षमा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल निर्वाचित भएकी छन् ।

यस्तै, कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेश), दिपकप्रसाद पौडेल(बागमती), शालिकराम पौडेल (लुम्बिनी), नरहरि पौडेल (कर्णाली), दुर्गाप्रसाद पौडेल(सुदूरपश्चिम) निर्वाचित भएका छन् ।

यस्तै, महासंघको महासचिवमा उद्धवप्रसाद पौडेल (सुनसरी), सचिवमा रामप्रसाद पौडेल (काठमाडौं), कोषाध्यक्षमा युवराज पौडेल (बाँके), सहसचिवमा चन्द्रमणि पौडेल (म्याग्दी) र सहकोषाध्यक्षमा बेनुप्रसाद पौडेल (सुनसरी), लेखा समितिको संयोजकमा अमृतप्रसाद पौडेल (बाग्लुङ), सदस्यद्वयमा ऋषिराम पौडेल(चितवन) र नेत्रप्रसाद पौडेल (झापा) छन् ।

महासंघको केन्द्रीय सदस्यहरूमा सुदूरपश्चिमबाट सुुशिला पौडेल, बमलाल पौडेल, शिवप्रसाद पौडेल र सूर्यप्रसाद पौडेल, कर्णालीबाट हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र दुर्गाप्रसाद पौडेल, लुम्बिनीबाट लिलाकुमारी पौडेल, रामचन्द्र पौडेल, प्रेमप्रसाद पौडेल र काशीप्रसाद पौडेल, गण्डकीबाट देवीलाल पौडेल पाध्या, रुद्रप्रसाद पौडेल, प्रा. डा. दुर्गादत्त पौडेल, प्रा.डा. कृष्णप्रसाद पौडेल, छत्रधर आत्रेय पौडेल, चन्द्रमणि उपाध्याय पौडेल, रामचन्द्र पौडेल र भरतराज शर्मा पौडेल छन् ।

यस्तै, मधेश प्रदेशबाट नारायणदत्त पौडेल, रामबहादुर पौडेल, जनकप्रसाद पौडेल र सन्तोष पौडेल, कोशीबाट रामकुमारी पौडेल, ज्ञानप्रसाद पौडेल, युवराज पौडेल, वेदनिधि पौडेल, श्यामकुमार पौडेल, राधाकृष्ण पौडेल, नारायणप्रसाद पौडेल र गणेशप्रसाद पौडेल छन् ।

बागमती प्रदेशबाट नारायण पौडेल, कुलकुमारी पौडेल, बनमाली पौडेल, कृष्णगोपाल पौडेल, नवराज पौडेल, सुमन पौडेल, वासुदेव पौडेल र अग्नी पौडेल छन् ।

पुुरुषोत्तम पौडेल संयोजक, अनन्त पौडेल, मनोज पौडेल, रुद्रमणि पौडेल र बाबुराम अधिकारी सदस्य रहेको निर्वाचन समितिले महासंघको निर्वाचन सम्पन्न गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पौडेलले बन्धुहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्दै राष्ट्रिय हितका साथै सबैको कल्याण, उन्नति र प्रगतिमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । अधिवेशनले पौडेलहरू मूूल मन्त्र “पौडेल थर, हाम्रो साझा घर” पारित गरेको छ ।

संस्थापक अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार प्रा. माधव अधिकारी प्रमुख अतिथिका रुपमा सहभागी थिए ।

कार्यक्रममा स्वदेशी र विदेशी गरी ७५० जना प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए । महाधिवशेनले चितवनमा केन्द्रीय कार्यालय र काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णयसहित बंशावली निर्माण एवम् कुलपूजा विधिसम्बन्धी पुस्तक प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button