हेल्प नेपालले उचाल्यो टाइगर कप, गण्डकी स्तब्ध

पोखरा । पोखरामा भएको चौथो टाइगर कप अन्तर्गत पुरुष तर्फको उपाधि टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

शनिबार भएको रोमाञ्चक खेलमा घरेलु टोली गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै टिपटप हेल्प नेपालले उपाधि जितेको हो ।

हेल्प नेपालले पहिलो र दोस्रो सेट २५-१३ र २५-१८ ले आफ्नो पोल्टामा पार्दै उपाधि नजिक पुगेको थियो ।

तर तेस्रो सेट २५-२३ गण्डकीले जितेपछि उपाधि आशा ५०-५० को स्थितिमा पुगेकोे थियो । निर्णायक चौथो सेट २५-१७ ले सहजरुपमा हेल्प नेपालले बाजी मार्दै उपाधि उचाल्यो ।

हेल्प नेपालले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो भने घरेलु मैदानमै दोस्रो स्थानमा चित्त बुझाउन बाध्य गण्डकले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।

शनिबार नै भएको महिलातर्फको उपाधि एपीएफले जितेको छ । एपीएफले न्यू डायमन्डलाई सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको थियो ।

विजेता एपीएफले पनि नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता न्यू डायमन्डले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।

यता, पुरुषतर्फ सशस्त्र प्रहरी वलको एपीएफ र महिलातर्फ त्रिभुवन आर्मीले तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुले समान १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button