पोखरामा प्रथम पुन हिल कप भलिबल प्रतियोगिता हुने

पोखरा । पुन समाज नेपालको स्थापना दिवसको अवसरमा पोखरामा प्रथम पुन हिल कप भलिबल प्रतियोगिता हुने भएको छ ।

पुन समाज नेपालले यहि माघ १५ देखि १९ गतेसम्म प्रतियोगिता आयोजना गरेको हो । समाजका महासचिव खिमन शेरपुजा पुनका अनुसार प्रतियोगितामा महिला/पुरुष र प्रौढ भलिबल हुनेछ ।

पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने महासचिव पुनले जानकारी दिए ।

पुनका अनुसार महिला भलिवल विजेताले ६६ हजार ६ सय ६६ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

यसैगरी ४० वर्ष माथिको प्रौढ भलिबल प्रतियोगिता विजेताले ३३ हजार ३ सय ३३ र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिता पुन समाज नेपाल पोखराको प्रांगण रामघाटमा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button