पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्य र अवनी मैनाली भट्टराईको सरुवा भएको छ ।
न्याय परिषद्ले आचार्यलाई ललितपुर र भट्टराईलाई मकवानपुर जिल्ला अदालतमा सरुवा गरेको हो ।
कास्की अदालतको रिक्त न्यायाधीशमा हरिप्रसाद कोइराला आउने भएका छन् ।
उनी यसअघि सुनसरी जिल्ला अदालतमा कार्यरत थिए ।
यस्तै, तेह्रथुम जिल्ला अदालतका प्रमेश पोखरेलाई पर्सा, रौतहटका तेजबहादुर खड्कालाई झापा र झापाका भीमबहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा भएको छ ।
यस्तै, जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवन, नवलपुरका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा भएको छ ।
यसैगरी न्याय परिषद्ले उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution