नेपाल सेमिफाइनलबाटै बाहिरियाे

पोखरा । नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी-२० क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ ।

यो हारसँगै नेपालको एसिया कप खेल्ने सपना पनि चकनाचुर भएको छ । फाइनलमा पुगेको भए नेपालले एसिया कप खेल्न पाउने थियो ।

नेपाल शुक्रबार भएको सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको हो । नेपाल ४ विकेटले पराजित भयो । जितका लागि ११६ रनको चुनौती पछ्याएको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालले कसिलो बलिङ गरेको भए पनि एल्सा हन्टर सामु फितलो देखिएपछि पराजयको सामना गर्नुपर्यो ।

हन्टरले ५३ बलमा अविजित रहँदै ६९ रन बनाइन् । हन्टरलाई रोक्न नसक्नु नै नेपालको हारको कारण बन्यो । अन्तिम ओभरमा ११ रन बनाएसँगै मलेसिया विजयी भयो ।

कविता जोशी र सीता रानामगरले समान २ तथा कविता कुँवर र रुबिना क्षेत्री बेल्बासीले समान १ विकेट लिए ।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ११५ रन बनायो ।

कप्तान इन्दू बर्माले २९, डली भट्टले १४ बलमा २५, कविता कुँवरले २३ तथा रबिना क्षेत्री बेल्बासीले २० रन बनाइन् । मलेसियाकी महिरा इज्जाती इस्मालीले २ विकेट लिइन् । तीन खेलाडी रनआउट भए ।

जितसँगै मलेसियाले फाइनलमा आइतबार यूएईसँग खेल्नेछ । बिहान भएको पहिलो सेमिफाइनलमा यूएईले थाइल्याण्डमाथि रोमाञ्चक चार रनको जित हासिल गर्यो ।

यूएईले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ७० रन बनाएको थियो । जवाफमा थाइल्याण्ड चार बल बाँकी छँदै अलआउट भएर ६६ रनमात्र बनाउन सक्यो ।

समूह चरणमा अपराजित रहँदै क्वार्टरफाइनल हुँदै सेमिफाइनलमा पुगेको नेपालले भने अन्तिम समयमा कमजोर प्रदर्शन गर्दै हारको सामना गर्नुपरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button