अग्निपरीक्षामा नेपाल, आज नेदरल्याण्ड्ससँग भिड्दै

पाेखरा । आईसीसी क्रिकेट विश्वकप लिग-२ को दोस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल बिहान ९ः१५ बजे घरेलु कीर्तिपुर मैदानमा शुरु हुनेछ ।

नेपाल घरेलु मैदानमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा छ भने नेदरल्याण्ड्स एसोसिएट राष्ट्रहरुमा बलियो टिम हो । आईसीसी एक दिवसीय वरीयतामा नेदरल्याण्ड्स १४ औँ र नेपाल १५ औँ स्थानमा रहेको छ ।

यसअघि गत बिहीबार आईसीसी लिग २ कै पहिलो खेलमा नेपाल आफूभन्दा एक स्थान पछाडि भएको नामिबियासँग पराजित भएको थियो । नेपालले घरेलु मैदानमा त्रिदेशीय एक दिवसीय श्रृंखला खेलिरहेको हो ।

आईसीसी लिग २ मा नेपालले खराब शुरुआत शुरुआत गरेको छ । नेपालले घरेलु मैदानमा भएको पहिलो खेलमै पराजय भोगेको हो ।

कीर्तिपुर मैदानमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो । कमजोर ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमात्र क्रिजमा टिकेर १ सय ३२ रन बनाउन सक्यो ।

नेपालका लागि भिम शार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झाले २१ रन जोडे । करण केसीले १६ रन जोडे । नामिबियाका गहार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए ।

जवाफमा नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा सहजै जित हासिल गर्यो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले १ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका लागि जान फ्राइलिंकले ३४ रन बनाए ।

घरेलु मैदानमा विश्वकप लिग-२ को नयाँ सर्कल बिहीबारदेखि शुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय श्रृंखलाअन्तर्गत पहिलो श्रृंखला नेपालमा भइरहेको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग-२ मा नेपालसहित आठ टोलीको सहभागिता रहेको छ ।

पहिलो श्रृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको हो । अन्य टिममा क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button