
पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही फागुन १६ का लागि अधिवेशन आह्वान गरेका हुन् ।
बैठक प्रदेशसभा भवन नदीपुरमा उक्त दिन दिउँसो ४ बजेदेखि बस्ने प्रदेश प्रमुखको कार्यालयका नि.सचिव चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधाको धारा १८३ (१) बमोजिम प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।





