कास्कीले जित्यो राष्ट्रपति रनिङ्गसिल्ड

पोखरा । गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गसिल्ड कास्की जितेको छ । नवलपुरमा सम्पन्न प्रतियोगितामा १८ स्वर्ण, ११ रजत र २३ कास्यसहित कास्कीले उपाधि जितेको हो । योसँगै कास्कीले ३० हजार रुपैयाँ पुरस्कार हात पारेको छ ।

प्रतियोगितामा १६ स्वर्ण, ६ रजत र १४ कास्यसहित बागलुङले दोस्रो स्थान हासिल गरेको छ ।

यस्तै, ९ स्वर्ण, ११ रजत र १० कास्यसहित माग्दी तेस्रो भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताए ।

बागलुङले २० र म्याग्दीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रदेशका ११ जिल्लाका ९ सय ४२ विद्यार्थी खेलाडी सहभागी थिए ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उसुमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

गण्डकी प्रदेशसभा सदस्य रोशन बहादुर गाहाले विजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए ।

यस्तै, आगामी प्रदेश स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता गोरखामा गर्नका लागि झण्डा हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button