चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक्स पोस्टर सार्वजनिक

पोखरा । पोखरेली कलकार महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ ।

आगामी नयाँ वर्षको वैशाख २८ गते देखि रिलिज मिति तोक्दै चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको हो ।

चलचित्रका मुख्य कलाकार महेश त्रिपाठीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्टर पोस्ट गर्दै उत्साहित भएको बताएका छन् ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को सुटिङ एक हप्ता अघि मात्रै धरानमा सकिएको थियो ।

नविन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रका लेखक तथा निर्देशन सुरज सुनुवार हुन् ।

चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् ।

शिशिर विशंखेको छायांकन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ । चलचित्रको सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् ।

वैशाख महिनामा प्रदर्शन गरिने यो चलचित्रमा महेश त्रिपाठीसँगै रेयर राई, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button