पोखरा कप : मदरल्यान्डसँग प्रतिभा, गण्डकीसँग अमरसिंह भिड्ने

पोखरा । पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगितामा मदरल्याण्ड मावि, प्रतिभा मावि, गण्डकी बोर्डिङ स्कुल र अमरसिंह मावि सेमिफाइनल प्रवेश गरेका हुन् । सेमिफाइनलका खेल मंगलबार हुनेछ ।

पहिलो खेल मदरल्यान्ड र प्रतिभा मावि भने दोस्रो खेल गण्डकी बोर्डिङ र अमरसिंह माविबीच हुनेछ ।

आजको खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई ९ विकेट र अमरसिंहले नेपाल भारतमैत्री विद्यालयलाई ६८ रनले पराजित गर्दै सेमिफाइलनको यात्रा तय गरेका हुन् ।

मदरल्यान्ड मावि र गण्डकी बोर्डिङ यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

आजकाे खेलमा प्रतिभाका सन्देश गिरी र अमरसिंहका सुमन पन्त प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगितामा कास्कीका १२ विद्यालय सहभागी छन् ।

उपाधि विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ बराबरका क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button