करेन्ट लागेर दुई जनाको मृत्यु

झापा । झापा र डडेल्धुरा जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

झापाको बाह्रदर्शी गाउँपालिका-६ मिलनचोक बस्ने २८ वर्षीय बुद्धराज लिम्बुको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतको खाल्डोमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यता डडेल्धुराको आलिताल गाउँपालिका-८ सुनखोलामा ब्याट्रीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर डोटी जोरायल गाउँपालिका-१ गैरा बस्ने ३० वर्षीय राजु विकको मंगलबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको जोगबुढा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button