बसको ठक्करबाट प्रहरी नायब निरीक्षक खत्रीको मृत्यु

काठमाडौँ । काठमाडौँमा बसको ठक्करबाट प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ ।

खत्रीको उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको एक सातापछि आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

यही फागुन २० मा प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले कोटेश्वरमा ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button