आज घट्यो सुन-चाँदीको भाउ

  • पोखरा न्यूज
  • २०८० चैत्र ५
आज घट्यो सुन-चाँदीको भाउ

पोखरा । नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । आज तोलामा ५ सय रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै सुन तोलाको १ लाख २४ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन तोलाको १ लाख २३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस