पोखराका मेयर धनराज आचार्यलाई मातृशोक

  • पोखरा न्यूज
  • २०८० चैत्र ६
पोखराका मेयर धनराज आचार्यलाई मातृशोक

पोखरा । पोखराका महानगरका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ ।

आचार्यकी ममतामयी माता जमुनादेवी आचार्यको आज बिहान ११ बजे ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारकाक्रममा निधन भएको हो ।

स्व. जमुनादेवीको आज दिउसो ३ः३० बजे पोखराको सेती नदीस्थित तुलसीघाटमा अन्त्येष्टि गरिने बताइन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस