पोखरा । गोरखा जिल्ला अदालतले दुई नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
गोरखा नगरपालिका वडा नं १४ सलाङगिरीका ५७ वर्षीय सीताराम भन्ने दलबहादुर विश्वकर्मालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार विकले फागुन ९ गते बिहान ११ बजे ७ र ९ वर्षकी दुई नाबालिकालाई फकाईफुलाई झरौटे धारा वनमा लगेर जबरजस्ती करणी गरेका थिए ।
त्यसपछि पीडिका आफन्तले किटानी जाहेरी दिएपछि विकलाई प्रहरीले फागुन १० गते पक्राउ गरेको थियो ।
बिकबिरुद्ध जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पश्चात अदालतले चैत ५ गते पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको प्रहरीले जनाएकाे छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution