पोखराबाट नारायणगढ जाँदै गरेको कार देउराली फेदीमा दुर्घटना

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३२ देउराली फेदीमा आज बिहान ८ बजे कार दुर्घटना भएको छ ।

पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बाग्मती प्रदेशको ०१–०२८च ६५४७ नम्बरको कार पोखरा र रुपा गाउँपालिकाको सिमाना नजिकै सडक किनारमा पल्टिएको हो ।

दुर्घटनाग्रस्त कारमा पोखरा-३२ का वडासदस्य तथा नगरसभा सदस्य सावित्रीदेवी पण्डितसहित उनको परिवार सवार थिए ।

कार सडकको धुलोमा चिप्लिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाका कारण कारमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सडकको दूरावस्थाका कारण दुर्घटना भएको स्थानीय नीरज श्रेष्ठले जानकारी दिए ।

यो सडक मर्मतका लागि पटकपटक ताकेता गरिएको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयको गुनासो छ । फेदीदेखि बेलबोटसम्मको सडक अत्यन्तै नाजुक रहेको श्रेष्ठले बताए ।

पोखरा र रुपाको सिमाना फेदीस्थित सडकको दूरावस्था ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button