पोखराका विभिन्न स्थानमा विद्युत अवरुद्ध

पोखरा । पोखराका विभिन्न स्थानमा आज पनि विद्युत अवरुद्ध भएको छ । आज एयरपोर्ट, फेवा फिडर र फेवा ईन्कमर अन्तर्गतका क्षेत्रमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण अन्तर्गत पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ । विद्युत सेवा बिहान ९ बजेदेखि अवरुद्ध भएको र साँझ ५ बजेदेखि सुचारु हुने बताइएको छ ।

कुँडहर १३२/११ के भी सवस्टेशनबाट संचालित ११ केभी प्रसारण लाइनमा रहेको फेवा इन्कमर, बैदाम तथा एयरपोर्ट फिडरको सटडाउन लिई कार्य गर्नु पर्ने भएकाले विद्युत सेवा अवरुद्ध गर्नुपर्को बताइएको छ ।

एयरपोर्ट फिडर अन्तर्गत पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक, विरौटा चोक, सिर्जनाचोक, सिमलचौर, रत्नचोक, राष्ट्र बैंक चोक, ड्यामसाइड लगायतका स्थान पर्दछन् ।

यस्तै, बैदाम फिडरअन्तर्गत अमरसिंह चोक, रामघाट, सिर्जना चोक, जिरो किमि, बुलौदी, मनकामना मन्दिर, हल्लन चोक, खहरे, सेदी, डिहिकोपाटन, अन्नपूर्ण केबुलकारसम्मको क्षेत्र पर्दछन् भने फेवा ईन्कमर अन्तर्गत पुरानो एयरपोर्ट, हिमालय आखाँ अस्पतालका क्षेत्र पर्दछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button