पोखरा । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध कसूर मद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तमाङखोला गाउँपालिका वडा नं.२ का ६३ वर्षीय झक भन्ने छकबहादुर पुन रहेका छन् ।
बागलुङ प्रहरीका सूचना अधिकारी मदन केसीका अनुसार पुनलाई बुर्तिबाङबाट खटिएको टोलीले चैत ९ गते पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पुनलाई सजाय भुक्तानका लागि बागलुङ जिल्ला कारागारमा पठाइएको छ ।
डीएसपी केसीका अनुसार २०७९ असार २६ गते जिल्ला अदालतले लागूऔषध कसूर मुद्दामा पुनबिरुद्ध एक महिना कैद र सात हजार रुपैयाँ जरीवानाको फैसला गरेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution