पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले खेल क्षेत्र मर्यादित र चुस्त बनाउन बेलाबेलामा विभिन्न निर्देशन दिने गरेको छ ।
परिषद्ले केही समयअघि खेलका गण्डकी प्रदेश तथा जिल्ला संघलाई खादा प्रयोग गर्न निर्देशन दिएकोमा फेरि अर्को निर्देशन चर्चामा छ ।
खेलकुद प्रतियोगिताका उद्घाटन र समापन कार्यक्रम पट्यारलाग्दा भएपछि त्यसो नगर्न परिषद्ले परिपत्र गरेको छ ।
परिषद्ले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्र लेख्दै खेलकुद कार्यक्रममा आसन ग्रहण, वक्ताको पटयारलाग्दा भाषण छोट्याउन आग्रह गरिएको हो ।
जसमा बढीमा तीन जनासम्म वक्ता राख्ने र प्रमुख अतिथिलाई बढीमा १० मिनेटसम्म मात्र मन्तव्यको समयसीमा राख्न भनिएको छ ।
खेलकुदका उघटन तथा समापनलाई छोटो, छरितो तथा फजुल खर्च निरुत्साहित गर्न परिषद् सदस्यसचिव श्रीधर शर्माद्वारा हस्ताक्षरित पत्रमा आसन ग्रहण र मन्तव्य कार्यक्रम छिटोछरितो, अनुशासित र मर्यादित बनाउन तथा विदेशबाट आयातित माला÷फूलको प्रयोग नगर्न समेत भनिएको छ ।
कुनै पनि कार्यक्रममा प्लाष्टिकजन्य तथा वातावरण प्रदूषणजन्य सामग्री, ठूलो ध्वनी आउने साउन्ड सिस्टेम, महँगा तथा प्रयोगमा नआउनखालका मायाको चिनो, खादा तथा दोसल्ला प्रयोग समेत नगर्न भनिएको छ । त्यसको सट्टामा परिषदले स्थानीय उत्पादन तथा स्थानीय उद्योगलाई टेवा पुग्ने गरी सामग्री प्रयोग गर्न भनेको छ ।
परिषद्ले चैत मसान्तसम्म गण्डकी प्रदेश तथा जिल्ला संघलाई नवीकरणको समयसीमा तोकेको पनि परिषद् सदस्य केशव पाठकले बताए ।
उनका अनुसार नवीकरण नभएकाले संस्थाको लेटरप्याड र छाप प्रयोगमा रोक लगाइने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution