मणिपालमा केयर गिभर तालिम सुरु

पोखरा । मणिपाल शिक्षण अस्पताल पोखरामा तीन महिने केयरगिभर तालिम सुरु भएको छ । अस्पतालले पहिलो पटक आयोजना गरेको यो तालिममा कम्तीमा ८ कक्षा उत्तीर्ण गरी १८ वर्ष पुगेका सहभागी छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट स्वीकृति प्राप्त गरी तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रममा हस्पिटल डाइरेक्टर डा अभिषेक मास्केले अस्पतालले बिरामीको सेवामा सहयोग पुग्ने हेतुले विभिन्न समयमा विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको स्पष्ट पारे । भविष्यमा समेत स्वास्थ्यसँग सम्बन्धित तालिमहरु सञ्चालन गर्ने उद्देश्य उनले बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अहिलेको परिवेशमा यो तालिमको ठूलो महत्व रहेको बताए ।

समाजमा रहेका वृद्ध, असहाय तथा सहाराको आवश्यक रहेकाहरूलाई उत्पादित जनशक्तिले सघाउने उनको विश्वास छ ।

सम्बन्धित क्षेत्रमा सीप युक्त जनशक्ति उत्पादन गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्नु यसको लक्ष्य रहेको अस्पतालकी नर्सिङ डाइरेक्टर वरुणा पौडेलले बताइन् ।

यो तालिममा सैद्वान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गर्दै प्रशिक्षार्थीलाई पेशागत स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन, पौष्टिक तथा सन्तुलित आहारा व्यवस्थापन, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, व्यायाम तथा मनोरञ्जन साथै मनोसामाजिक अवस्थाको जाँचबारे ज्ञान दिइने पौडेलको भनाइ छ ।

मणिपालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले उचित उपचार, स्वास्थ्य सेवा र स्वास्थ्य कर्मचारीको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालले समय समयमा विभिन्न तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button