|फाइल तस्बिर
पोखरा । साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन बाँकी रहेका कृति गण्डकी प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।
बिहीबार प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बसेको बैठकले कृति प्रकाशन गरिदिने निर्णय गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
‘कीर्तिशेष प्रकट पंगेनी शिवले साहित्यको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै उहाँले सृजना गर्नुभएको तर प्रकाशन नभएका कृतिलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने निर्णय गरियो’, सदस्य सचिव श्रेष्ठले भने ।
यसका अलावा गण्डकी प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने गजल वाचन एवं प्रतियोगिता कीर्तिशेष प्रकटको जन्म जयन्तीको सन्दर्भ पारेर ‘गजलमा प्रकट’ शीर्षकमा सञ्चालन गर्ने निर्णयसमेत गरेको उनले बताए ।
गण्डकी प्रदेशको चिनारी गीतका सर्जकसमेत रहेका प्रकटको निधनले गण्डकी प्रदेशको साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution