काठमाडौंबाट पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते

पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटनामा परेको छ । आज दिउँसो २ः३० बजेतिर भएको सो दुर्घटनामा चार जना घाइते भएका छन् ।

घाइते हुनेमा काठमाडौं-१५ की २९ वर्षीया स्वेता कपाली, वर्ष २९ कै आयुष्मा गिरी, ५२ वर्षकी सरिता लामा र वर्ष ३३ की सुजना कपाली छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रहरी नायव निरीक्षक (डीएसपी) दीपक रायका अनुसार घाइतेमध्ये गिरी र लामाको अवस्था मध्यम रहेको थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

अन्यको अवस्था सामान्य रहेको र दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको उनले बताए ।

बा०१-०२८च ०७२५ नम्बरको कार तनहुँको व्यास नगरपालिका वडा नं. १२ कमलबारीमा कार दुर्घटनामा परेको हो ।

कार सडकबाट ५० मिटर तल खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button