जन्ती बोकेको बस दुर्घटनाः तीनको मृत्यु, दुलहासहित ३२ जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा आज बिहान ७ः३० बने जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ स्थित पिस्कर जाँदै गरेको जन्ती बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुलहासहित ३२ जना घाइते भएको बताइएको छ ।

गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ । दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button