पेरिस ओलम्पिक : टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ पराजित

पोखरा । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत टेबलटेनिस खेलमा नेपालका श्यान्टु श्रेष्ठ पराजित भएका छन् ।

पुरुष एकल राउन्डको प्रारम्भिक चरणमा श्यान्टु सेनेगलका इब्राहिम डिएवसँग ४-० ले पराजित भएका हुन् ।

पहिलो सेटमा १०-१२ ले पराजित भएका उनी त्यसपछि ३-११, ४-११ र ५-११ ले पराजित हुनपुगे ।

श्यान्टुले यसअघि नेपालमै भएको दक्षिण एसियाली छनोटको फाइनल खेलमा नेपालकै संयोग कपालीलाई हराउँदै ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

छनोट चरण पार गरेर पेरिस ओलम्पिक २०२४ मा सहभगिता जनाउने उनी एक्लो खेलाडी हुन् ।

समग्रमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी तेस्रो खेलाडी हुन् ।

यसअघि सङ्गिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button