
पोखरा । राष्ट्रिय फलफूल तथा तरकारी व्यवसायी संघ पोखराको अध्यक्षमा दुर्गाप्रसाद कंडेल निर्वाचित भएका छन् ।
संघको दशाैँ अधिवेशनले कंडेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा हरिकृष्ण मैनाली, सचिवमा लालप्रसाद ढकाल, कोषाध्यक्षमा भीमप्रसाद सुवेदी र सहसचिवमा रविप्रकाश गुरुङ छन् ।
यसैगरी कार्यसमिति सदस्यमा शम्भु अधिकारी, डोलराज बाँस्तोला आशिष अधिकारी, सन्तोष दास, मानबहादुर थापा र जयकिशोर शाह छन् ।





