
पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ घार्मीस्थित मातृभूमि कृषि सहकारी संस्थाको साधारण भेला शनिबार सम्पन भएको छ ।
सहकारीका अध्यक्ष नन्दराज दाहालको अध्यक्षतामा भएको भेलामा सेयर सदस्यले नेपालीका महत्वपूर्ण चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए ।
साथै सदस्यले सहकारीमार्फत कृषि उत्पादन र बजारीकरणमा भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार हुतराज शर्मा पौडेल, महेन्द्र माविका प्रधानाध्यापक बासुदेव पौडेल, ई शोभाकर पौडेल, ऋण लगानी समिति संयोजक शिशिर पौडेल, लेखा संयोजक राजेन्द्र पौडेललगायतले बोलेका थिए ।
भेलाले कोषाध्यक्ष विष्णुप्रसाद पौडेलले पेश गरेको आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ ।
सोही अवसरमा संस्थाका सेयर सदस्य दुर्गादेवी अधिकारीको निधनप्रति दुःख व्यक्त, संस्थाका पूर्वअध्यक्ष ढुण्डीराज पौडेल, चन्द्रा पौडेलका बुहारी र शेयर सदस्य प्रदीपराज पौडेलका श्रीमती चित्रकला काफ्ले गंगाकोे निधनमा दुःख व्यक्त गरिएको थियो ।





