|फाइल तस्विर
पोखरा । पोखराको ड्यामसाइडबाट ६ जना जुवाडे पक्राउ परेका छन् । ड्यामसाइडस्थित होटल सन्डेब्लुमबाट असोज २८ गते साँझ उनीहरु पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले जुवाडेलाई रंगेहात पक्राउ परेको जनाइएको छ ।
पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका वडा नं. ४ घर भई हाल पोखरा-१७ बस्ने ३८ वर्षीय नवीन थापा, स्याङ्जा पुतलीबजार-७ घर भई पोखरा-१० बस्ने वर्ष ४० वर्षीय भेषबहादुर गुरुङ, पोखरा-१२ का ४३ वर्षीय शंकर थापा, पोखरा-१७ की ५३ वर्षीया सावित्री गुरुङ पुन, कास्की माछापुच्छ्रे गाउँपालिका-२ घर भई हाल पोखरा-७ बस्ने ३९ वर्षीया दुर्गा गुरुङ र पोखरा-१७ की ४९ वर्षीया आईती गुरुङ छन् ।
उनीहरुको साथबाट एक लाख ८८ हजार चार सय २६ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्त कुमार शर्माले जानकारी दिए ।
उनीहरुबिरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट जुवासम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution