पोखरा । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले जितका लागि १ सय ६२ रनको लक्ष्य पाएको छ ।
रवि बोपारको अर्धशतकमा चितवन राइनोजले पोखरालाई १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले बोपाराको ५१ रन मदतमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको हो ।
३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए ।
लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।
चितवनले यसअघि काठमाडाैँलाइ पराजित गरेकाे थियाे । पाेखराले पहिलाे खेलबाटै सुखद् सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution