पोखरा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।
६ खेलबाट २ अंकमात्र बटुलेको लुम्बिनी प्लेअफ होडबाट औपचारिक रुपले बाहिरिने पहिलो टिम बनेको हो ।
आफ्नो छैटौँ तथा लिगको १९औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग पराजित भयो । लुम्बिनी १८ रनले पराजित भएको हो ।
जितका लागि १९दशमलव२ ओभरमा अलआउट हुँदै ८५ रनमात्र बनाउन सक्यो । सन्दिप जोराले सर्वाधिक २६ रन बनाएको लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा कप्तान करण केसीले १६ रन खर्चेर ४ तथा दिपेश कणेलले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए ।
जितसँगै काठमाडौँको प्लेअफ सम्भावना कायमै रहेको छ ।
५ खेलबाट ८ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको छ । पहिलो हार बेहोरेको जनकपुर ५ खेलबाट ८ अंकबाटै दोस्रो स्थानमा छ।
चितवन ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ । काठमाडौँ गुर्खाज ४ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।
हारपछि बाहिरिएको लुम्बिनी लायन्सको ६ खेलबाट २ अंकमात्रै छ । विराटनगर किंग्स र पोखरा एभेन्जर्सको समान २ अंक छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution