नेपालमा आज पनि गयो भूकम्प

पोखरा । बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।

आज बिहान ११ बजेर २ मिनेट तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौँले जनाएको छ ।

नेपालमा ठूला साना भूकम्प जानेक्रम जारी छ ।

यही मंसिर ६ गते पनि कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button