पोखरा । कास्कीको मादीमा सोमबार राति बरुवा बन्दु पड्किएर एक जना घाइते भएका छन् ।
घाइते हुनेमा मादी गाँउपालिका वडा नं. ७ मेलबोट लिचुका बिनोद सुनार रहेका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा एक्कासि पड्किँदा सुनार घाइते भएका हुन् ।
घटनाको सूचना पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले बन्दुक लुकाई छिपाई राख्ने सोही ठाउँका ३२ वर्षीय साइला भन्ने कुलप्रसाद विक र पानीघाटका २२ वर्षीय सुमन तामाङलाई नियन्त्रणमा लिएको छ ।
उक्त बन्दुकको इजाजत नभएकाले उनीहरुलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्धा अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution