पत्रकार महासंघ कास्कीमा माधव र राजेन्द्र भिड्दै, अरु को-को छन् उम्मेद्वार ?

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष पदमा माधव बराल र राजेन्द्र अधिकारीले उम्मेद्वारी दर्ता गराएका छन् । बराल महासंघ कास्कीका वर्तमान सचिव हुन् भने अधिकारी पूर्व उपाध्यक्ष हुन् । महासंघको नयाँ नेतृत्व चयनका लागि यही मंसिर २८ गते मतदान हुँदैछ ।

बरालले नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट उम्मेद्वारी दर्ता गराएका हुन् । महासंघमा दुई संगठनको भागवण्डा गर्ने क्रममा कास्की चौतारीको भागमा परेपछि चौतारीकै पूर्वअध्यक्षसमेत रहेका बरालले उम्मेद्वारी दर्ता गराएका हुन् । अधिकारीले भने एकल रुपमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

बराल र अधिकारीको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । ‘पत्रकारितामा दुवै परिचित अनुहार हुन्, कसले बाजी मार्छन् भन्ने अनुमान लगाउन गाह्रो नै छ’, महासंघ कास्कीका एक पूर्वअध्यक्ष भन्छन् ।

यस्तै उपाध्यक्ष पदमा कमल पौडेल अथक, माधवप्रसाद रेग्मी र श्रीराम सिग्देलको उम्मेद्वारी परेको छ । रेग्मीको उम्मेद्वारी गठवन्धनका तर्फबाट दर्ता भएको हो ।

महिला उपाध्यक्षमा कञ्चन थापा र विनाकुमारी थापा, सचिवमा भूपाल गुरुङ र सन्देश श्रेष्ठ, समावेशी सचिवमा दिलप्रसाद गुरुङ र धनबहादुर गुरुङ (सुमन) को उम्मेद्वारी परेको छ ।

यस्तै सहसचिवमा मधु अधिकारी र श्रीभद्र पौडेल, कोषाध्यक्षमा युवराज गुरुङ (युनीश), राजाराम पौडेल र सुरेश अधिकारीको उम्मेद्वारी परेको छ ।

यस्तै आठ जना कार्यसमिति सदस्यका लागि १३ जनाको उम्मेद्वारी परेको छ । जसमा अर्जुन (सुशान्त) गाहा, गौरव त्रिपाठी, चीरञ्जीवि पौडेल (उत्तम), तुलसीराम सुवेदी, दीपक श्रेष्ठ, निराजन अधिकारी, पुष्पराज दाहाल, बालकुमारी पौडेल (तारा), विष्णु गौतम, राजु गिरी, रिखिराम जिसी, सन्तोष सुवेदी, सन्दिप पौडेल छन् ।

यस्तै महिला सदस्यमा कविता घर्तीमगर र देवीका तामाङ्ग, दलित सदस्यमा सन्तोष परियार र सुरेश सुनारको उम्मेद्वारी परेको छ ।

यसैगरी आदिवासी जनजातिमा पुनम थापामगर र समावेशीमा सूर्यबहादुर परियार निर्विरोध निर्वाचत भएकी छन् ।

यता, चार जना केन्द्रीय पार्षदका लागि ११ जनाको उम्मेद्वारी परेको छ । जसमा अमृतराज उपाध्याय तिवारी, आरजु सल्यानी (मोहनकुमार विष्ट), ऋषिराम बराल, कृष्ण दुवाडी, कृष्णमणि बराल, दिननाथ बराल, भरत कोइराला, एमबी आस्था (मानबहादुर घर्ती, राजबहादुर गुरुङ, रामप्रसाद तिमिल्सिना र शिरोमणि बराल छन् ।

यसैगरी १५ जना प्रदेश परिषद सदस्यमा १७ जनाको उम्मेद्वारी परेको छ । जसमा केशव पाठक, खीमाकुमारी गुरुङ, खेमबहादुर सारु, गणेशकुमार श्रेष्ठ, घनश्याम पाण्डे, दुर्गाप्रसाद पौडेल, निरज कायस्थ, प्रकाश ढकाल, वासुदेव मिश्र, विष्णुप्रसाद सापकोटा, मनोहरि पौडेल, राम गुरुङ, रुद्र श्रीष मगर, शिवराज वस्ताकोटी, सन्तोष बस्याल, सुदर्शन रञ्जित र हरि पन्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button