पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पोखरा ल्याइएको छ । उनलाई हवाइमार्गबाट बाराको सिमराबाट काठमाडौँ हुँदै पोखरा ल्याइएको हो ।
वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि सोमबार पर्सा लगिएको थियो ।
पोखराको सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।
लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्याएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाइको छ ।
पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धानपछि अरु चार सहकारी अनियमितताको छानबिनसम्म पुगेको थियो ।
सहकारी रकम अपलचलनको आरोपमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई ६ असोजमा पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।
यता रास्वपाले आज पोखरामा प्रदर्शन गरेको छ । रवि लामिछानेलाई पोखरा ल्याउनेक्रममा पोखराको पृथ्वीचोकमा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले ‘मानव अधिकार कायम गर, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’लगायतका नारा लगाएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution