
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका-८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ ।
सर्केगाड-मारघोर सडकको ‘ट्र्याक’ खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते भएका थिए ।
दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उनको बुधबार बिहान मृत्यु भएको उनका आफन्त रेशमराज रोकायाले बताए ।
सर्केगाड-मारघोर खण्डको ट्र्याक खोल्ने जिम्मा श्रेया कन्स्ट्रक्सनले पाएको थियो ।
प्रदेश ०३-०१००३ क ६२४९ नंको स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज कँडेलले बताए ।
जुम्ला गुठीचौकर गाउँपालिका-१ चुत्रा घर भएका ३६ वर्षीय स्काभेटर चालक लाक्पा महतारालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।





