पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल विजयी

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल शानदार मतसहित विजयी भएका छन् ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त गठवन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका पौडेल विजयी भएका हुन् ।

उनले ४०१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महासंघ गण्डकीका निवर्तमान महासचिव गोविन्द प्रसाद सुवेदीले १७८ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्ष प्रकाश पौडेलले ४०२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी एवं महासंघ गण्डकीका निवर्तमान सचिव यदुनाथ बन्जराले १६४ मत प्राप्त गरे ।

यता, महिला उपाध्यक्षमा मायाकुमारी अधिकारी ४०९ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी कमला खत्री केसीले १४५ मत प्राप्त गरिन् ।

महासचिवमा जमुना वर्षा शर्मा विजयी भएकी छन् । उनी महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष हुन् । उनले  ३४७ मत प्राप्त गर्दा दीपक परियार २३१ मत प्राप्त गरे ।

सचिवमा भविश्वर पाण्डे ३७८ मतका साथ विजयी हुँदा ताराप्रसाद शर्माले १७१ मत प्राप्त गरे ।

सचिव (समाबेशी) मा रोशनी गुरुङले ४२० मत प्राप्त गरी विजयी हुँदा रामबहादुर घले परियारले १४५ मत प्राप्त गरे भने कोषाध्यक्षमा रमेश बस्ताकोटीले ३५२ मत प्राप्त गरी विजयी हुँदा सागरराज तिमिल्सिनाले २०७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button