नेपाल टस जितेर बलिङमा, वर्षाले खेल राेकियाे

  • पोखरा न्यूज
  • २०८१ पौष ४
नेपाल टस जितेर बलिङमा, वर्षाले खेल राेकियाे

पाेखरा। यू-१९ महिला एसिया कप टी-२० क्रिकेटको सुपर फोरमा अहिले नेपालले श्रीलंकासँग खेलिरहेको छ ।

मलेसियाको क्वालालम्पुरमा नेपालले टस जितेर पहिले बलिङ गरेको छ । कप्तान पूजा महतोले मौसमका आधारमा पहिले टस रोजेको बताइन् ।

सोअनुसार उनले पहिलो ओ‌भर बलिङ गर्दै १ रन दिएर १ विकेट लिएकी छन् । तर वर्षाका कारण दोस्रो ओभरको खेल भने हुन सकेन । अहिले खेल रोकिएको छ ।

उनले श्रीलंकालाई सय रनभित्र रोक्ने योजना बनाएको बताइन् । श्रीलंकाकी कप्तान मानुदी ननायाकाराले १ सय ५० रनसम्म बनाउने बताइन् ।

मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकालेकाे थियाे ।

एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग अंक बाँडेको थियो । नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे थियाे ।

यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन् ।

समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए । एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन् ।

सुपर फोको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्नेछ । सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल आइतबार बिहान हुनेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस