कास्कीको सिक्लेस पुगे अमेरिकी राजदूत [तस्बिर]

पोखरा । अमेरिकी राजदूत थम्पसनसहितको टोलीले कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेसको भ्रमण गरेको छ ।

पिस कोर नेपालमार्फत सिक्लेसको पर्यटन प्रवर्द्धन र होमस्टे सञ्चालकलाई अंग्रेजी भाषा प्रशिक्षणका लागि सिक्लेसमा विगत पाँच महिनादेखि रहेका क्याथलिन (काशी) सँगको भेट्घाट तथा सिक्लेस घुम्नका लागि राजदूतसहित उनकी धर्मपत्नी जानी, पिस कोर नेपालका प्रमुख टर्की, पिस कोर साईट इन्चार्ज राजु कंडेलसहितको टोली सिक्लेस पुगेका थिए ।

टोलीलाई सिक्लेसमा स्वागत गरेलगत्तै वडाध्यक्ष देवीजंग गुरुङ, सिक्लेस एक्याप प्रमुख संग्राम कार्की, सिक्लेस होमस्टेका अध्यक्ष टाईमाया गुरुङलगायतको टोलीले गाउँ घुमाएको थियो ।

गाउँ घुमाउने क्रममा स्थानीयले बनाएका भाङ्ग्रा, बख्खु, कम्मल, डोको बुन्दै गरेको दृश्यलगायतका गतिविधि देखाउँदा राजदूतसहितको टोलीले निकै उत्सुकताका साथ हेरेका थिए ।

राजदूत थम्पसनले सिक्लेसमा पाएको स्वागत अतिथ्यताप्रति आभार प्रकट गर्दै सिक्लेस आउन सबैलाई अनुरोध गरेका थिए ।

स्वयंसेवक क्याथलिन (काशी ) ले गुरुङ ड्रेस लगाई पाहुनालाई गाउँ र गाउलेका विशेषता बारे जानकारी गराएकी थिइन् ।

तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button