लाली आसपास केन्द्रबिन्दु बनाएर गयाे भूकम्प, पुसमा मात्रै सात वटा पुग्याे

  • पोखरा न्यूज
  • २०८१ पौष १३
लाली आसपास केन्द्रबिन्दु बनाएर गयाे भूकम्प, पुसमा मात्रै सात वटा पुग्याे

| प्रतीकात्मक तस्बिर

पाेखरा। गएराति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात रेक्टर  स्केलको भूकम्प गएको छ ।

यस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो ।

यस्तै पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात रेक्टर स्केलको भूकम्प गयो ।

पुस छ गते बाजुरामा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार रेक्टर स्केलको र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको विभागले जनाएको छ ।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच सय पराकम्पन आएको सम्वद्ध जानकारको भनाइ छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस